करिनासँग विवाह गर्ने दिन सैफले पहिलो श्रीमतीलाई लेखेका थिए चिट्ठी, करिनाको यस्तो रह्यो प्रतिक्रिया
सेफ अली खान र करिना कपुर बलिउडका निकै चर्चित जोडी हो । कुनै सार्वजनिक कार्यक्रममा होस् वा घरभित्रकै कुनै पार्टी सबैको नजर यो जोडीमा नै अडिएको हुन्छ । यी दुईको सम्बन्ध सुरुवातदेखि नै चर्चामा रह्यो ।
यी दुईको विवाहको दिन बलिउड इन्टष्ट्रिको लागि विशेष दिन नै रह्यो । हालै, सैफले करन जोहरको कफि विद करन कार्यक्रममा आफ्नो विवाहको दिनको एक गोप्य कुरा सार्वजनिक गरे ।
करन जोहरको कार्यक्रममा सारा अली खानसँगै आएका सैफले करिनासँगको विवाहको दिन उनले अमृतालाई एउटा चिट्ठी लेखेको बताए । सैफका अनुसार उनको चिट्ठीमा आफ्ना लागि शुभकामना माग्दै एक अर्कालाई अघि बढ्न हौसल प्रदान गर्नका लागि आग्रह गरे ।
उक्त चिट्ठीमा सेफले अमृतालाई आफू नयाँ जीवनको सुरुवात गरिरहेको पनि जानकारी दिए । यसका साथै उनले अमृतालाई सफलताको लागि पनि शुभकामना दिए । सैफले उक्त चिट्ठी करिनालाई पनि देखाएको बताए । करिनाले चिट्ठी पढेपछि त्यसलाई अमृतालाई पठाउन आग्रह गरेको उनले बताए । चिट्ठी पढेपछि करिना थप सहयोगी भएको सैफले बताए ।
सारा अली खानले उक्त चिट्ठी आफूले पनि पढेको बताइन् । चिट्ठी पढेपछि आफूले सैफलाई मनमनै धन्यवाद दिएको बताइन् । सारा आफ्ना बुवाको विवाहमा उपस्थित थिइन् । उक्त विवाहमा जान सारालाई अमृताले तयार गरेको उनले बताइन् ।
स्मरण रहोस्, सारा अली खान करणसँग च्याट शोमा आएका थिए । यो सारा अली खानको पहिलो अन्तर्वार्ता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण