ऐश्वर्या रायसँग जोडी बन्न नसक्दा निराश शाहरुखः भन्छन्, ‘म अभागी हुँ’
नोभेम्बर १८ मा आयोजित लक्स गोल्डन रोज अवार्डस्मा बलिउडका चर्चित कलाकारको उपस्थिती रह्यो । वरुण धवन, शाहरुख खान, ऐश्वर्या राय बच्चन, सिद्धार्थ मल्होत्रा, आलिया भट्ट, करिना कपुर खान, करिश्मा कपुरले विशेष चर्चा रह्यो । सुपरस्टार शाहरुख खानले या कार्यक्रम नाइटलाई होस्ट गरे र ऐश्वर्या रायलाई अवार्डबाट सम्मानित गरे ।
ऐश्वर्याले टाइमलेस ब्यूटी अवार्ड हात पारिन् र अवार्ड लिएपछि उनले हेमा मालिनी, रेखा, जिनत अमान, माधुरी दिक्षित र काजोललाई आभार व्यक्त गरिन् । ऐश्वर्याले आफ्नो कुरा राखिसकेपछि शाहरुख स्टेजमा आएर ऐश्वर्यासँग काम गर्न नपाएकोमा आफूलाई अभागी बताए ।
शाहरुखले भने, ‘मैले जब ऐश्वर्यासँग पहिलो फिल्म पाएँ तब त्यसमा उनी मेरी बहिनी थिइन् । त्यसपछि मानिसहरुले ऐश्वर्या त मेरी बहिनीजस्ती देखिन्छिन् भन्न सुरु गरे । त्यसपछि जब मैले देवदासमा सँगै काम गरेँ तब उनी मबाट टाढा भइन् । यसरी हामी दुबै कहिले पनि जोडी बन्न र सँगै काम गर्न सकेनौं ।’
उक्त कार्यक्रमको एउटा भिडियो पनि सार्वजनिक भएको छ जसमा शाहरुख खानले ऐश्वर्याको निकै तारिफ गरिरहेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण