अमिताभ बच्चनले तिरे किसानको चार करोड बढी ऋण
बीबीसी
बलिउड अभिनेता अमिताभ बच्चनले सयौं किसानको ऋण चुकाएको जानकारी दिएका छन् ।
ऋणको रुपमा चुकाइएको उक्त रकम चार करोड भारुभन्दा बढी छ ।
मंगलबार अमिताभले आफ्नो ब्लगमा उनले १, ३९८ किसानको ऋण चुकाएर आफ्नो ‘जिम्मेवारी’ उठाएको बताएका छन् ।
उनले आफ्नो काम पूरा भएको जस्तो अनुभव भएको बताएका छन् ।
यी सबै किसान उत्तर प्रदेशका हुन् । अमिताभ बच्चन यसै राज्यका हुन् ।
भारतमा किसानको एउटा ठूलो तप्का ऋणको समस्याबाट जुधिरहेका छन् ।
किसानका लागि रेलः
अमिताभ बच्चनले किसानको जुन ऋण चुकाएका छन् त्यो एक सरकारी बैंकले दिएका थिए ।
उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियामार्फत एकमुष्ट सम्झौताको रुपमा चुकाइएको हो । बैंकले ‘कुनै बक्यौता छैन’ को सर्टिफिकेट जारी गर्ने बताइएको छ ।
७६ वर्षीया अभिनेताले लेखेका छन्, ‘ यो सर्टिफिकेट आफैं उनीहरुलाई नीजि रुपमा सुम्पिन चाहन्छु ।’
सबै किसानलाई मुम्बई ल्याउन एक मुश्किल चुनौती थियो त्यसकारण अमिताभको तर्फबाट ७० किसानका लागि ट्रेनमा एक डिब्बा रिजर्भ गरिएको छ ।
यी किसान नोभेम्बर २७ मा आफ्नो बैंकको कागजात लिन मुम्बई पुग्नेछन् । यसै वर्ष अमिताभले महाराष्ट्रका तीन सय ५० किसानको ऋण चुकाएका थिए ।
सन् २००७ मा अमिताभ जग्गाको एक सम्झौताका कारण विवादमा आएका थिए । यो मामलामा अदालतले पनि अमिताभले ९० हजार वर्ग फुट जमिन अवैध तरिकाले छुट्याइएको बताएको थियो ।
अमिताभले धोकाको आरोप पनि खेप्नुपर्यो । यद्यपी, अमिताभले उक्त जग्गामाथिको दाबी छोडेका थिए, त्यसपछि उनीमाथि लागेका आरोप फिर्ता लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण