यी कोरियोग्राफरले १३ वर्षको हुँदा ४३ वर्षे डान्सरसँग गरिन् विवाह, कास्टिङ काउचलाई समर्थन गर्दा भएकी थिइन् ट्रोल
बलिउडका वरिष्ठ कलाकार श्रीदेवी–माधुरीदेखि ऐश्वर्या–करिनालाई आफ्नो इशारामा नचाउने सरोज खानको आज जन्मदिन हो । दुई हजार बडी गीतमा कोरियोग्रफ गरिसकेकी सरोज खानको जन्म सन् १९४८ नोभेम्बर २२ मा हिन्दु परिवारमा भएको थियो । सरोज खानको वास्तविक नाम निर्मला नागपाल हो ।
विभाजनपछि सरोजको परिवार पाकिस्तानबाट भारत आएको थियो । उनी तीन वर्षको हुँदा बाल कलाकारको रुपमा सरोजले ‘नजराना’ फिल्ममार्फ करियरको सुरुवात गरेकी थिएन् । स्कूल जाने उमेरमा सरोजले ४३ वर्षका डान्सर सोहनलालसँग विवाह गरेकी थिइन् । सरोज खानको जब विवाह भयो तब उनी १३ वर्षकी थिइन् ।
सरोज खानको जीवन निकै संघर्षपूर्ण रह्यो । सुरुवातमा सरोज खान ब्याकग्राउन्ड डान्सरको रुपमा काम गर्थिन् । सरोज खानको जोसँग विवाह भएको थियो उनी पहिले नै विवाहित भएको र चार सन्तानका पिता थिए । आफ्नो विवाहबारे सरोज खानले उनलाई त्यो उमेरमा विवाहबारे केही थाहा नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘एक दिन सोहनलाल जीले मलाई गलामा कालो धागो बाँधिदिए त्यसपछि मेरा घरका सदस्यले ‘अब तिमी जाउ, उनी तिम्रा श्रीमान् हुन्’ भनेका थिए ।’
३० वर्षअघि रिलिज भएको फिल्म ‘तेजाब’ को गीत ‘एक दो तीन’ का कारण फिल्मफेयरले आफ्नो अवार्डमा एउटा भिन्न क्याटगोरी ‘बेस्ट कोरियोग्राफी’ बनायो । जसको अवार्ड सरोग खानले आफ्नो नाममा गरेकी थिइन् र भनियो, ‘कोरियोग्राफर सरोज खानले बलिउडमा आफ्नो गीतबाट राज गरेकी छिन् भन्दा फरक नपर्ला ।’
हालै सरोज खान कास्टिङ काउचमा बयान दिएर नराम्रोसँग ट्रोल भएकी थिइन् । उनले भनेकी थिइन्, ‘कास्टिङ काउच इन्डष्ट्रिका लागि नयाँ कुरा होइन, यो त बाबा आदमको जमानदेखि नै हुँदै आएको छ । यद्यपी, इन्डष्ट्रिमा दुष्कर्मपछि महिलालाई त्यत्तिकै छोडिन्नँ, उनीहरुलाई काम र रोटी पनि दिइन्छ ।’
सरोज खानले मिस्टर इन्डियामा श्रीदेवीद्वारा अभिनित गीत हवा–हवाईबाट सफलता हात पारिन् । सन् २००२ मा देवदास, सन् २००६ मा श्रृङ्गारम र सन् २००७ मा जब वी मेटका लागि उनले कोरियोग्राफीका लागि राष्ट्रिय पुरस्कारमार्फत सम्मान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण