मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहरुखलाई धम्कीः ‘यहाँ आयौ भने तिमीमाथि कालो मसी फ्याँक्नेछौं’

शुक्रबार, ०७ मङ्सिर २०७५, ०९ : ००
शुक्रबार, ०७ मङ्सिर २०७५

भारतको ओडिशास्थित एक स्थानीय संगठनले अभिनेता शाहरुख खानलाई धम्की दिएको छ । कलिंग सेना नामको यो संगठनले यदि उनी अर्को हप्ता हुने वर्ल्ड कप हकीमा आए उनलाई कालो झण्डा देखाइने र मसी फ्याँकिने धम्की दिएको छ ।

कलिंग सेनाका मुखिया हेमन्त रथका अनुसार खानले आजभन्दा १७ वर्ष अघि रिलिज भएको फिल्म ‘अशोका’ मा आडिशा र त्यहाँका मानिसहरुको अपमान गरेका थिए । संगठनले यो कुरा गत नोभेम्बर एक तारिखमा पुलिस रिपोर्टमा लेखाएको छ ।

सन् २००१ मा रिलिज भएको फिल्म अशोकाको ओडिशामा त्यतिबेला निकै विरोध भएको थियो । रिलिज भएको एक हप्ताभित्रै फिल्मलाई सिनेमा हलबाट निकालिएको थियो ।

मुख्यमन्त्री नविन पटनायकले खानलाई ओडिशा आउने निम्तो दिएको जानकारी दिएका छन् । हकी वर्ल्ड कप भुवनेश्वरको कलिंगा स्टेडियममा नोभेम्बर २८ देखि डिसेम्बर १६ सम्म चल्नेछ ।

स्मरण रहोस्, हकी विश्व कपको आधिकारिक एन्थम संगमा शाहरुख खान पनि देखिएका छन् । ओडिशाका मुख्यमन्त्रीले यो टिजरमा शाहरुख खानको निकै तारिफ गरेका छन् । पछि शाहरुख खानले मुख्यमन्त्री नविन पटनायकलाई धन्यवाद दिँदै भने, ‘धन्यवाद सर तपाईंको कृपाका लागि । हकीका लागि त यो हामी सबैको जिम्मेवारी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप