‘मीटु’को विषयमा करीना कपूरको बयान
एजेन्सी – कार्यक्षेत्रमा हुने यौनहिंसाका घटनाहरु बाहिरिने क्रम जारी छ । चलचित्र क्षेत्रमा अत्यधिक हुने यस्ता घटनाहरुले विश्वभरी नै व्यापक चर्चा पाइरहेको छ ।
महिलाहरु आफूमाथि हुने हिंसाका घटनाहरुको खुलेरै विरोध गर्न थालेका छन् । मुख्यतः बलिउडमा यस्ता घटनाहरुले धेरै नै खुल्न थालेको छ ।
यसै सन्दर्भमा अभिनेत्री करीना कपूरले फिल्म उद्योगमा महिला सुरक्षित हुन चाहान्छन् र ‘मीटु’ को घटना बाहिर आउनुले यस्ता समस्या समाधानोन्मुख भएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘हामी आज यो विषयमा खुलेर चर्चा गर्न पाइरहेका छौँ । यति धेरै महिलाहरु यसरी अगाडि आएर खुल्नु र बोल्नु राम्रो सुरुवात हो । जुन विषयमा महिलाहरु वर्षौदेखि चुप थिए ।’
उनले जति पनि उत्पीडनको विषयमा अगाडि आएर बोल्ने हिम्मत गरे ती सबै महिलाहरुको प्रशंसा गर्दै हरेकले आफूलाई कार्यस्थलमा सुरक्षित महशुस गर्न सक्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘अहिले जसरी महिला अगाडि आइरहेका छन्, ती सबै महिलालाई म सम्मान गर्छु । जोसँग सत्य लागि बोल्ने साहस र हिम्मत हुन्छ त्यसले कार्यक्षेत्रमा महिलालाई सुरक्षाको अनुभुती दिन्छ ।’
करीनाले ‘इश्क १०४.८ एफएम’ को कार्यक्रम ‘ह्वाट वुमेन वान्ट’ को लन्च कार्यक्रममा उद्घोषक बनेर कार्यक्रम चलाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण