मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपिकाले लगाएको लेहेंगा सुन चाँदीको धागोले बनाइएको थियो, डिजाइनरले गरे खुलासा

सोमबार, १० मङ्सिर २०७५, ०८ : ३७
सोमबार, १० मङ्सिर २०७५

गत नोभेम्बर १४–१५ तारिखमा दीपिका पादुकोण र रणबीर सिंहले कोंकणी–सिन्धी परम्परा अनुसार विवाह गरे र बैंगलोरमा रिसेप्सनको आयोजना गरे । त्यसपछि नोभेम्बर २४ तारिखमा रणबीर सिंहकी दिदी रितिका भावनानीले भाइ बुहारीका लागि एक पार्टीको आयोजना गरिन् । उक्त पार्टीमा दीपिकाले लगाएको पहिरनबारे रणबीरले टिप्प्णी गरेका छन् । उनले दीपिकाको तुलना मेक्सिकन कलाकार फ्रिडा काहलोसँग तुलना गर्दै उक्त ड्रेसमा उनी फ्रिडाजस्तै देखिएको बताएका छन् ।

सुन र चाँदीको धागो प्रयोग गरियोः

रितिकाको पार्टीमा दीपिकाले सब्यसाचीद्वारा डिजाइन गरिएको केसरीबाई पन्नालाल कलेक्सनको दिल गुलदस्ता नामको लेहेंगा लगाएकी थिइन् । उक्त लेहेंगा निकै रंगीविरंगी थियो । आफ्नो इन्स्टाग्राम पोस्टमा सब्यसाचीले लेहेंगाबारे खुलासा गरेका छन् । उनका अनुसार उक्त लेहेंगालाई सजाउनका लागि बोर्डेक्स रेशममा हातले रंगाइएको मखमली, रेशमको फूल, सुन चाँदीको धागो र गुलाबी क्रिस्टल स्फटिकको प्रयोग गरिएको छ ।

रणबीरको टिप्पणीपछि  सब्यासाचीले दीपिकाको फोटो जारी गरेका छन् जसमा उनले उक्त लेहेंगा लगाइरहेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप