कपिलले ट्वीट गरे विवाहको निम्तो कार्ड
भारतीय हास्यकलाकार कपिल शर्माको विवाहको खबरबीच उनले आफ्नो विवाहको कार्ड ट्वीट गरेका छन् ।
कपिल शर्माले आफ्नो ट्वीटर ह्यान्डलबाट ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै विवाहको निम्तो कार्ड पोस्ट गरे । कार्डमा उनीहरुको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ ।
कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् ।
गिन्नी चतरथ पंजाबको जालन्धरकी हुन् । दुबै निकै अघिदेखि सम्बन्धमा भएको बताइन्छ ।
कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए ।
Need ur blessings 😊🙏 pic.twitter.com/3jYYjlw8g7
— KAPIL (@KapilSharmaK9) November 27, 2018
कपिललले इन्स्टाग्राममा गिन्नीका पिताले सुरुमा उनको विवाहको प्रस्ताव अस्विकार गरेको बताएका थिए ।
त्यतिबेला उनी करियरको सुरुवात गरिरहेका थिए । तर त्यतिबेलादेखि अहिलेसम्म गिन्नीले उनको प्रतिक्षा गरिन् र उनको मुश्किल समयमा साथ दिइन् ।
गिन्नीले इन्स्टाग्राममा कपिलले उनको अत्यधिक केयर गर्ने र उनीजस्तो कोही पनि नभएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण