कार्यक्रमबाट फर्किएका गायकलाई एयरपोर्टबाटै अस्पताल पुर्याइयो, हृदयघातले लियो ज्यान
९० को दशकका चर्चित पार्श्वगायक मोहम्मद अजिजको मृत्यु भएको छ । ६४ वर्षका अजिजले छातीमा पीडा भएको बताएपछि उनलाई मुम्बईको नीनावटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा नै उनको हृदयघातका कारण मृत्यु भयो ।
मोहम्मद अजिज मंगलबार दिउँसो कोलकाताबाट एउटा कार्यक्रमबाट मुम्बई फर्किरहेका थिए । उनले एयरपोर्टमा नै आफूलाई सञ्चो नभएको बताएपछि उनलाई सिधै अस्पताल पुर्याइएको थियो ।
अमिताभ बच्चनका लागि गीत गाएपछि चर्चा कमाएका थिएः
सन् १९८२ मा मुम्बई पुगेका अजिजलाई सबैभन्दा ठूलो ब्रेक अनु मलिकले दिएका थिए । अनुले नै उनलाई अमिताभ बच्चनको फिल्म मर्दमा टाइटल गीत मर्द तांगेवाला दिएका थिए जुन निकै चर्चित रह्यो । त्यसपछि अजिजले थुप्रै फिल्ममा गीत गाए जसमा बीवी हो तो ऐसी, आदमी खिलौना हे, बन्जारन, लभ ८६, पापी देवता, जुल्मको जला दूंगा, पत्थरका इन्सान, बरसातकी रात र विशत्माजस्ता फिल्म समावेश छन् । यसबोहक अजिजले गोबिन्दाको करियरको सबैभन्दा चर्चित गीत ‘आपके आ जाने से...’ पनि गाएका थिए । उक्त गीत सन् १९८७ मा रिलिज भएको फिल्म खुदगर्जको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण