मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राखी सावन्त पनि विवाह गर्दै, निम्तो कार्ड सार्वजनिक

बिहीबार, १३ मङ्सिर २०७५, १२ : १६
बिहीबार, १३ मङ्सिर २०७५

दीपिका पादुकोण र रणबीर सिंहको विवाहपछि अब बलिउड प्रियंका चोपडा र निक जोनसको विवाह कुरिरहेको छ ।

विवाहित सेलिब्रिटीको सूचीमा अब राखी सावन्त पनि पर्ने भएकी छिन् । उनले दिपक कलालसँग विवाह गर्ने बताइएको छ । ‘कन्ट्रोभर्सी क्विन’ को नामले परिचित राखीले आफ्नो विवाहको निम्तो कार्ड बुधबार सोसल मिडियामा सार्वजनिक गरेकी छिन् ।

यी दुईले नयाँ वर्षको पूर्व सन्ध्या अर्थात् डिसेम्बर ३१ तारिखमा लस एन्जलसमा विवाह गर्ने बताइएको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🤣🤣🤣🤣😂😂😂😅😅😅👰🏽🤵🏻🤣🤣🤣😂😂🥰🥰🥰

A post shared by Rakhi Sawant (@rakhisawant2511) on

उनको विवाह कार्डमा लेखिएको छ, ‘प्रेम गर्ने दुई मुटु एक हुँदैछ र सधैंका लागि प्रेममा रहिरहन बचनबद्ध छ !’

राखीले कार्ड सेयर गर्दै क्याप्सनमा बेहुला बेहुलीको इमोटिकन प्रयोग गरेकी छिन् । उक्त पोष्टमा राखीलाई धेरैले बधाई र आशिर्वाद दिएका छन् । दिपकले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त कार्ड पोस्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप