सारा अली खानः ९६ किलोको हुँदा समेत टुटेन नायिका बन्ने सपना
साराले बाल्यकालदेखि नै अभिनयको सपना देखेपनि ९६ किलो तौल भएका कारण अभिनयको क्षेत्रमा लाग्नेछु भनेर सोचेकी थिइनन् । स्कूल–कलेज जताततै उनलाई मोटी भनेर बोलाइन्थ्यो ।
अहिले सारा अली खानको दुईवटा फिल्म रिलिजको संघारमा छ – ‘केदारनाथ’ र ‘सिम्बा’ ।
सारा करिनाबाट के सिक्न चाहन्छिन् ?
सारा भन्छिन्, ‘हुन त करिनाले हरेक कुरा निकै राम्रोसँग गर्छिन् तर एउटा कुरा म उनीबाट सिक्न चाहन्छु र त्यो हो ‘ब्यालेन्स इन लाइफ’ (जीवनमा सन्तुलन) । भगवानको कृपाले एक दिन म यो कुरा उनीबाटै सिकेरै छाड्नेछु । ’
बाल्यकालमा सारा एक पात्रकी प्रशंसक थिइन । त्यो थियो ‘कभी खुसी कभी गम’ मा करिनाको पात्र ‘पू’ ।
साराले कहिले पनि सोचेकी थिइनन् कि उनलाई मनपरेको ‘पू’ एक दिन उनकी बुवाको दोस्री श्रीमती बन्नेछिन् ।
कलेजको दोस्रो वर्षमा अभिनय नै गर्ने सोच बनाइन्ः
बीबीसी एशिया नेटवर्कसँगको कुराकानीमा सारा अली खानले भनिन्, ‘विगत २३ वर्षदेखि म यो सपना देखिरहेको छु । तर चार–पाँच वर्षको उमेरमा सोचेकी थिएँ कि अभिनय नै गर्नेछु ।’
उनी थप्छिन्, ‘कलेजको दोस्रो वर्ष समाप्त हुनै लाग्दा मैले सोचिसकेको थिएँ कि नायिका नै बन्छु । त्यतिबेला सबैभन्दा ठूलो समस्या भनेको तौल थियो । तर जब निर्णय गरेँ त गरेँ, तेस्रो वर्षसम्म मैले तौल घटाउन सुरु गरेँ ।’
सारा भन्छिन्, ‘मैले केदारनाथ फिल्मको अफर त स्विकारँ तर जब सुटिङ गर्न पुगेँ तब थाहा भयो कि कति मेहनत गर्नुपर्छ । ट्रेलरमा एउटा दृश्य छ । जहाँ मैले गंगामा डुबुल्की लगाइरहेकी थिएँ, त्यतिबेला निकै चिसो थियो । पानी पनि निकै चिसो थियो । त्यतिबेला लागिरहेको थियो कि म मर्दैछु । तर सेटमा काम हुँदै छ भनेर कहिले पनि महसुस भएन, सबै निकै सजिलै भयो । सेट बाहिर आएपछि मात्र थाहा हुन्थ्यो कि स्वास्थ्य खराब छ वा खुट्टा दुखिरहेको छ तर क्यामरा अगाडि हुँदा कहिले पनि यस्तो महसुस भएन ।’
सारा अलि खान अभिषेक कपुरको केदारनाथ र रोहित शेट्टीको सिम्बामा देखिँदैछिन् । केदारनाथ रिलिज भएको तीन हप्तापछि डिसेम्बर २८ तारिखमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण