२.० को धमाकेदार कलेक्शन, तेस्रो दिन यति करोड कमाई
साउथका सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको नयाँ फिल्म २.० ले दोस्रो दिन पनि बक्स अफिसमा धमाका मच्चाएको छ ।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्मको विश्वभरीको कमाई जोड्ने हो भने फिल्मले करिब सय करोड भारुको कमाई गरेको छ । दोस्रो दिन चेन्नईमा मात्र फिल्मले ४.७७ करोड भारु कमाएको छ । जबकी पहिलो दिन यो आँकडा दोस्रो दिनको भन्दा आधा कम थियो । पहिलो दिन चेन्नईमा २.३७ करोड भारु कमाई भएको थियो ।
यस्तै यो फिल्मको हिन्दी संस्करणले २०.२५ करोड कमाईसकेको छ जबकी दोस्रो दिन यो आँकडा १९ करोड भारु रुह्यो ।
#2Point0 in Hindi had a very good Saturday.. Early Estimates for All-India Nett for Day 3 is ₹ 25 Crs..
— Ramesh Bala (@rameshlaus) December 2, 2018
This is better than Day 1 by nearly ₹ 5 Crs..
ट्रेड एनलिस्ट रमेश बालाका अनुसार फिल्मले तेस्रो दिन लगभग २५ करोड भारुको कलेक्सन गरेको छ । यो फिल्मले अन्य भाषामा पनि राम्रो कमाई गरिरहेको छ । लगभग पाँच सय करोडको लागतमा बनेको यो फिल्मले सेटलाइट, डिजिटल राइट्समार्फत योभन्दा बढी कमाइसकेको छ ।
#2Point0 No.1 in the Following Countries Box Office - 1st Weekend:
— Ramesh Bala (@rameshlaus) December 1, 2018
1. #India
2. #Pakistan
3. #UAE
4. #SriLanka
5. #Malaysia
6. #Singapore
7. #Australia
फिल्मको सबै भाषाका संस्करणको कूल कमाई लगभग सय करोड भारु बताइएको छ । यो फिल्मलाई लायका प्रोडक्शनले निर्माण गरेको हो र यसको हिन्दी संस्करणलाई धर्मा प्रोडक्सनले डिस्ट्रिब्यूट गरिरहेको छ ।
#2Point0 2 Days WW BO:
— Ramesh Bala (@rameshlaus) December 1, 2018
Gross:#India - ₹ 135 Crs
Overseas - ₹ 55 Crs
Total - ₹ 190 Crs
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण