आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

भूकम्पबाट क्षतिग्रस्त गुम्बा र बिहार पुननिर्माणको काममा तीव्रता : मन्त्री गच्छदार

बिहीबार, १२ साउन २०७४, १५ : ५८
बिहीबार, १२ साउन २०७४

काठमाडौं– सरकारले भूकम्पले क्षतिग्रस्त गुम्बा तथा विहारहरुको पुनर्निर्माणको कामलाई छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएको  छ । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले भूकम्पले क्षतिग्रस्त गुम्बा तथा विहारहरुको पुनर्निर्माणको कामलाई यथाशाक्य छिटो सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

विक्रम संवत २०७२ सालको विनाशकारी भूकम्पले १ हजार ३ सय १८ वटा गुम्बा तथा विहारहरु क्षति पु¥याएको सरकारी तथ्यांक छ । उपप्रधानमन्त्री गच्छदारले ती गुम्बा तथा विहार जस्ता सम्पदाको पुनर्निर्माणको काम सुरु भएको र अव त्यसलाई गति दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

 धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले गति दिन नसकेकोमा सर्वत्र आलोचना हुँदै आएको छ । बौद्ध दर्शन तथा गुम्बा विकास समितिले विहिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बौद्ध धर्मको प्रवद्र्धन गरी विश्वभरका पर्यटन भित्रयाउन सरकार लागि परेको दावी पनि गरे । 

सरकारी निकायहरुको आवश्यक समन्वयको अभावमा भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिन नसकेको सरकारवाला निकायहरुको दावी छ । गुम्बा तथा विहारहरुको पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफूहरु सक्रिय रहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप