करीना कपूरलाई सौतेनी आमा भनेपछि साराले दिइन् यस्तो जवाफ
एजेन्सी – बलिउडमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी अभिनेत्री सारा अली खानले दुई वटा फिल्ममा अभिनय गरिसकेकी छिन् ।
गत वर्ष उनले अभिनय गरेको फिल्म ‘केदारनाथ’ यो वर्ष रिलीज भएपछि बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो भने लगत्तै उनको अर्को फिल्म ‘सिम्बा’ ले पनि राम्रै व्यापार गर्न सफल भयो ।
डेब्यु फिल्ममा नै उनले गरेको अभिनयले धेरैलाई आर्कषित गर्न सफल पनि भयो । सुन्दर अभिनेत्रीको रुपमा पनि उनलाई धेरैले मन पराउँन थालेका छन् ।
उनी अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा बच्चाबेला देखिनै हालकी सौतेनी आमा करीना कपूरकी फ्यान थिइन् । करिना कपूरको फिल्म ‘कभी खुशी कभी गम’ बाट करिनाकी फ्यान बनेकी सारा सधैँ करिनाको नजिक हुन चाहेको बताएकी छिन् । उनले एक अन्तर्वार्तामा आफूलाई सानै उमेरदेखि नै करिना कपूर मन पर्ने बताएकी छिन् । अन्तर्वार्तामा उनलाई अहिले करिना कपूर सौतेनी आमा हुँदा उनलाई कस्तो आभाष हुन्छ भन्ने पत्रकारको जवाफमा उनले भनिन्,‘मानिसहरु भन्छन् नि मानिसले चाहेको र सानैदेखि प्रार्थना गरेको कुरा पुरा हुन्छ, त्यसैले यस्तो भएको हुनसक्छ । सबैलाई थाहा छ, म करिना कपूरको एकदमै ठूलो प्रशंसक थिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण