मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऐश्वर्याका यस्ता बानीलाई घृणा गर्छिन् अभिषेककी दिदी श्वेता

बिहीबार, १० माघ २०७५, १२ : १२
बिहीबार, १० माघ २०७५

मुम्बई – बलिउड निर्देशक करण जोहरको शो ‘कफि विथ करण’मा  अभिनेता अभिषेक बच्चन आफ्नी दिदी  श्वेता नन्दासँग पुगेका थिए । दिदी –भाइले कार्यक्रममा बच्चन परिवारसँग जोडिएका थुप्रै कुराहरुको खुलासा गरेका थिए । 

मोडल, पत्रकार तथा कार्यक्रम प्रस्तोता श्वेताले भाई अभिषेक बच्चनको प्रशंसा गर्दै भनिन्, ‘अभिषेक असल भाई मात्रै नभएर असल श्रीमान पनि हो । साथै परिवारको लागि पनि कुशल सदस्य हो । ऊ परिवारको लागि सधैँ इमानन्दार रहन्छ ।’

साथै, उनले ऐश्वर्याको विषयमा पनि बोलेकी थिइन् । कार्यक्रमको र्यापिड फायर राउन्डमा करणले ऐश्वर्याको कुन बानी मन पर्दैन भन्ने जवाफमा उनले भनिन्, ‘ऐश्वर्या म्यासेज र फोन कलको जवाफ दिन निकै लामो समय लगाउँछिन् । मलाई उनको यो बानी पटक्कै मन पर्दैन ।’ 

यद्यपि, बच्चन खानदानका अमिताभ बच्चन पनि ह्वाट्सएपमा जवाफ दिदैँनन् । अभिषेक बच्चनले पनि शोमार्फत ह्वाट्सएपमा भर्खरै जोडिएको तर कम मात्रै मानिसलाई जवाफ दिने बताए ।   

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप