क्यान्सरको अड्कलबीच ऋषि कपुरले पहिलो पटक यस्तो भने
आइतबार, १३ माघ २०७५, १२ : ०३
बलिउड अभिनेता ऋषि कपुर केही महिनादेखि अमेरिकामा उपचार गराइरहेका छन् । यद्यपी, अहिलेसम्म ऋषिले आफ्नो रोगबारे कुनै बयान दिएका थिएनन् । अब उनले पहिलो पटक यसबारे कुरा गरेका छन् । विभिन्न मिडियाले ऋषि कपुरलाई क्यान्सर भएको बताएपछि उनको परिवारले भने यसलाई अफवाह बताउँदै गलत बताएका थिए ।
एक अन्तर्वार्ताको क्रममा ऋषिले आफू चाँडै नै ठिक हुने बताएका छन् । उनले उनी चाँडै नै भारत फिर्ता हुने पनि बताएका छन् । उनले भने, ‘उपचारको प्रक्रिया निकै लामो र थकाउने किसिमको छ । कुनै पनि व्यक्तिलाई यी सबैका लागि अत्यन्त धैर्यको आवश्यकता छ । ’
फिल्मबारे कुरा गर्दा ऋषिले भने, ‘अहिले म आफ्नो सबै समय उपचारमा खर्च गरिरहेको छु । त्यसकारण म कुनै पनि फिल्ममा काम गरिरहेको छैन । यो ब्रेक भविष्यमा मेरा लागि निकै सहयोगी हुनेछ ।’
ऋषि कपुरलाई क्यान्सर ? यस्तो भन्छन् दाइ रणधीर
रणबीरको विवाह हेर्न बुवा ऋषि कपुरलाई हतारोः भन्छन्, ‘मर्नु अघि नाती–नातिनासँग खेल्न चाहन्छु’
आलियाले गरिन् संजु फिल्ममा रणबीरको अभिनयको तारिफ, बुवा ऋषि कपुरले सोधे – ‘विवाह कहिले गर्दै छौ ?’
सलमानकी बुहारीसँग ऋषि कपुरको झगडापछि नितुले माफी मागिन्, सोनमको रिसेप्सनमा भएको थियो बबाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण