मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छोरीसँग संजय दत्तको यो फोटो देखेर भड्किए प्रशंसक, लगाउन थाले विभिन्न आरोप

आइतबार, १३ माघ २०७५, १३ : १४
आइतबार, १३ माघ २०७५

बलिउड अभिनेता संजय दत्त आफ्नो व्यवसायिक जीवनका लागि खासै चर्चामा नरहेपनि उनको व्यक्तिगत जीवन भने सधैं चर्चाको विषयमा बन्ने गर्छ । जसको प्रमाण पछिल्लो समय सोसल मिडियामा देखिएको छ । हालै संजय दत्तले आफ्नी छोरी इकरासँगको एक तस्बिर सेयर गरे । यो तस्बिरसँगै उनले एक विशेष मेसेज पनि लेखे तर सोसल मिडियाका प्रशंसकलाई संजयको विशेष मेसेजले आहत पुर्याएको छ । जसका कारण उनी निकै ट्रोल भइरहेका छन् ।

संजय दत्त फोटोमा एक प्रोटेक्टिभ पिता देखिएका छन् । उनले इकरालाई निकै प्रेमपूर्वक अँगलो मार्दै उनको टाउकोमा चुमिरहेको देख्न सकिन्छ । संजयले आफ्नी छोरी इकारालाई नेशनल गर्ल चाइल्ड डे विश गर्दै लेखेका छन्, ‘मेरी छोरी मेरो सम्पत्ति हो । म प्रार्थना गर्छु कि हरेक छोरीले त्यो माया र सद्भाव पाउन् जसको उनीहरु हकदार छन् ।’

तर संजय दत्तको कुरा प्रशंसकलाई भने बेकार लागेको छु । संजयले आफ्नी जेठी छोरी त्रिशालासँगको कुनै पनि फोटो नराखी छोरी इकराको मात्र पोष्ट गरेको भन्दै  आलोचना गरेका छन् । यो पोष्टमा मानिसहरुले संजय दत्तलाई उनकी जेठी छोरीको याद दिलाउँदै दुई छोरीबीच भेदभाव गरेको आरोप लगाए ।

एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘त्रिशाला दत्त बारे के भन्नुहुन्छ । तपाईंकी जेठी छोरी होइन र ? म यहाँ नकारात्मकता फैलाइरहेको छैन तर म पनि एक जेठी छोरी भएको नाताले यो प्रश्न सोधिरहेकी छु । ’

यस्तै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले सायद बिर्सनुभएको होला कि तपाईंका दुईवटी छोरी छन् ।’

स्मरण रहोस्, संजय दत्तकी छोरी त्रिशाला भारतमा नभई अमेरिकामा आफ्ना हजुरबुवा–हजुरआमासँग छिन् । उनको संजय दत्तकी कान्छी श्रीमती मान्यतासँग पनि राम्रो सम्बन्ध छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🧜🏻‍♀️ #mermaidvibes🐚✨🐠⭐️

A post shared by Trishala Dutt (@trishaladutt) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप