के भयो, जब ऐश्वर्या र सलमान कार्यक्रममा सँगै पुगे ?
सोमबार, १४ माघ २०७५, १० : ४७
बलिउड फिल्म निर्देशक सुभाष घईले हालै आफ्नो जन्मदिन मनाएका छन् । यो मौकामा फिल्म इन्डष्ट्रिका विभिन्न सेलिब्रिटीको उपस्थिती रह्यो । यो कार्यक्रममा नायक सलमान खान र नायिका ऐश्वर्या राय बच्चन पनि उपस्थित भए ।
एक भारतीय मिडियाका अनुसार ऐश्वर्या र सलमान एकैपटक कार्यक्रममा पुगे । दुबैको आमने–सामने पनि भयो तर उनीहरुले एक–अर्कालाई नजरअन्दाज गरेको बताइयो ।
मिडिया रिपोर्टलाई मान्ने हो भने सुभाष घईको यो पार्टीमा ‘एन्ट्री’ र ‘एग्जिट’ भिन्न थियो । पार्टीमा सलमान र ऐश्वर्या दुबै एक–अर्काको नजिकसमेत नपरेको रिपोर्टले जानकारी दिएको छ ।
स्मरण रहोस्, सलमान खान र ऐश्वर्या फिल्म ‘हम दिल दे चुके सनम’ मा नजिक भए । त्यसपछि यी दुईबीच प्रेम बस्यो ।
एक अन्तरवार्तामा सलमानले आफू ऐश्वर्यालाई अत्यधिक माया गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण