मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाह्नवीको यस्तो बानीले चिन्तित छन् बोनी कपूर

सोमबार, १४ माघ २०७५, १० : ५३
सोमबार, १४ माघ २०७५

मुम्बई – बलिउड अभिनेत्री जाह्नवी कपूर ‘धडक’ फिल्ममा काम गरेपछि निकै चर्चित बन्न सफल भइन् । स्वर्गीय अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपूरकी छोरी जाह्नवीको परिवारसँगको सम्बन्ध पनि उत्तिकै प्रगाढ रहेको छ । तर, पछिल्ला दिनहरुमा बोनी कपूर छोरीको एउटा बानीले निकै चिन्तित रहेको भारतीय अनलाइन पत्रिका बलिउड तड्कामा उल्लेख छ । 

केहि दिन अघि मात्रै जाह्नवी र बोनीको वाट्सऐप च्याट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन च्याटको अंश जाह्नवी आफैले सेयर गरेकी हुन् । 

सेयर भएको च्याटको अंशमा बाबु बोनीले अखबारको कटिङ पठाएका छन् । उक्त अखबारको टुक्रामा लेखिएको छ,‘ के तपाईंलाई व्यायाम गर्ने लत लागेको छ ?, एक अध्ययनको अनुसार फिटनेस हुनका लागि यदि तपाईं आवश्यकताभन्दा बढी व्यायाम त गरिरहनुभएको छैन ? यदि यस्तो हो भने तपाईंका लागि यो बेफाइदाजनक हुनसक्छ ।’ त्यसको उत्तरमा जाह्नवीले एक इमोजी पठाएकी छिन् । 

यद्यपि जाह्नवीको बलिउडमा प्रवेश गर्ने समयमा निकै भद्दा शारीरिक वनावट थियो । तर, नियमित व्यायाम र सन्तुलित भोजनले उनले आफूलाई एकदमै फिट राख्न सफल भएकी छिन् । उनी पछिल्लो समय अक्सर जिम जाने आउने समयमा भेटिइन्छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप