‘अमिर, नसीरुद्दीन र सिद्धु गद्दार हुन्’
एजेन्सी । आरएसएस नेता इन्द्रेश कुमारले पञ्जाब सरकारका मन्त्री नवजोन सिंह सिद्धु, अभिनेता अमिर खान र नसीरुद्दीन शाहको तुलना राजा जयचन्द्र र मीर जाफरसँग गर्दै तीनैलाई गद्दार बताएका छन् ।
अलीगढमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै कुमारले भने, ‘तीन जना राम्रो अभिनेता हुन सक्छन्, तर उनीहरु देशद्रोही हुन् । त्यही भएर उनीहरु सम्मानको लायक छैनन् । उनीहरु मीर जाफर र जयचन्द्र हुन् ।’
उनले भने, ‘भारतलाई अजमल कसाबजस्ता मुस्लिम युवाहरुको आवश्यकता छैन । हामीलाई पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामजस्ता व्यक्तिहरुको आवश्यकता छ । देशलाई कसाब, याकूब र इशरतजस्ता मुस्लिम नभएर कलामले देखाएको बाटोमा हिँड्ने मुस्लिमको आवश्यकता छ ।’
आरएसएस नेताले अयोध्या मामिलामा सुनवाईमा ढिलाइ हुनुको कारण कँग्रेस, वामपन्थी र क्षेत्रीय साम्प्रदायिक शक्तिहरु जिम्मेवार भएको दाबी गरे ।
उनले सबै सन्त र साधुहरुलाई कँग्रेस, वामपन्थी दलको कार्यालय अगाडि धर्ना दिन अपिल पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण