नाना पाटेकरकी आमाको ९९ वर्षको उमेरमा निधन
बुधबार, १६ माघ २०७५, ०९ : ३७
बलिउड फिल्म अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको मंगलबार निधन भएको छ । उनी ९९ वर्षकी थिइन् । उनको निधनमा शोकाकुल पाटेकर परिवारलाई ढाढस दिनका लागि फिल्म इन्डष्ट्रिका मानिसहरु पनि पुगे ।
मंगलबार अबेर राती निर्मला पाटेकरको अन्तिम संस्कार मुम्बईको ओशिवारा श्मसान गृहमा भयो ।
नानाका पिता ‘टेक्सटाइल प्रिन्टिङ’ को व्यापार गर्दथे र मुम्बईमा बस्दथे जबकी नाना आफ्नी आमासँग मुराडमा बस्दथे । नानाका सात दाजुभाइ थिए तर पाँचजनाको बाल्यवस्थामा नै मृत्यु भयो । नाना र उनका दाजुमात्रै बाँकी भए ।
नानाकी आमाको बढ्दो उमेरसँग स्मरणशक्ति गुमेको थियो । आमाको निधन हुँदा नाना घरमा थिएनन् उनलाई अन्तिम संस्कारका लागि फोन गरेर बोलाइएको थियो ।
नानाले केही समय अघि फिल्म हाउसफूल–४ छोड्नुपरेको थियो किनभने तनुश्री दत्ताले उनीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण