मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय पप गायिका भाटियाको कार दुर्घटनामा मृत्यु

बुधबार, १६ माघ २०७५, १२ : १८
बुधबार, १६ माघ २०७५

मुम्बई – भारतीय पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो । 

दुर्घटनामा उनका पति गम्भीर घाइते भएका छन् । दुर्घटना सुरीर कोतवाली क्षेत्रको वरिपरि भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । दुर्घटनाका प्रत्यक्षदर्शी शिव वीर सिंहले कार तेज तफ्तारमा भएका कारण दुर्घटना भएको बताए । 

प्रहरीका अनुसार कारमा सवार भाटियाका पतिको अस्पतालमा उपचार भइरहेको र भाटियाको उपचारको क्रममा मृत्यु भएको हो । 

शिवानी बिहारको सीमामन्ढीमा जन्मिएकी थिइन् । हाल कामको सिलसिलामा दिल्ली बस्दै आएकी थिइन् । शिवानी प्रायः दिल्ली नोएगाको नजिकै स्टेजमा शो गरिरहन्थिन् । उनले थुप्रै बलिउड गायक/गायिकासँग पनि स्टेज शो गरिसकेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप