मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेलमा कैद हलिउड हास्यकलाकार बिल कस्बीमाथि ड्रोन हमला प्रयास

बिहीबार, १७ माघ २०७५, ०९ : १३
बिहीबार, १७ माघ २०७५

अमेरिकाको पेन्सिलवेनियाको जेलमा कैद हलिउड हास्यकलाकार बिल कस्बीमाथि ड्रोन हमलाको प्रयास गरियो । घटना गत हप्ताको हो । कस्बी सेप्टेम्बर २०१८ देखि जेलमा कैद छन् । यौन शोषणको तीन मामलामा उनलाई १० वर्षको जेल सजाय तोकिएको थियो ।

जेलमाथि ड्रोन घुमिरहेको देखियोः

कस्बीका प्रवक्ता एन्ड्रयू वेटले घटनाको पुष्टि गर्दै कलेजविलेस्थित एससीआई फिनिक्स जेलमाथि ड्रोन घुमिरहेको देखियो । यसै जेलको एक ब्यारेकमा कस्बी कैद छन् ।

यसबारे जेल प्रशासनलाई सूचित गरिसकिएको एन्ड्रयूले जानकारी दिँदै कस्बीलाई उच्च श्रेणीको सुरक्षा प्रदान गर्न आग्रह गरिएको उनले बताए ।

पेन्सिलवेनिया जेल प्रशसनका प्रेस सेक्रेटरी एमी वार्डनले घटनाबारे जानकारी दिन अस्विकार गरेका छन् । उनले सुरक्षासँग जोडिएका मामला कसैसँग पनि चर्चा गर्न नसक्ने बताएकी छिन् ।

एमी वार्डनका अनुसार जेल परिसरको सुरक्षाको हिसाबले यहाँ ड्रोन डिटेक्सन सिस्टम लगाइएको छ । यसमार्फत ड्रोनबारे पत्ता लगाएर त्यसलाई नष्ट गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप