मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेटिङ एप टिन्डरमा सेफ अली खानको फोटो, अमेरिकी महिलालाई दिए धोका

बिहीबार, १७ माघ २०७५, १० : ४६
बिहीबार, १७ माघ २०७५

डेटिङ एपको देब्रे र दायाँ स्वाइप पछिल्लो समयमा निकै खतरनाक साबित भइरहेको छ । अझ, टिन्डरजस्ता डेटिङ एप सार्वजनिक भएपछि त झन् मानिसहरु निकै चलाख हुन थालेका छन् । कतिलाई यो एपले निकै सहयोग गरिरहेको छ भने कतिले निकै अप्रिय अनुभव सँगालेका छन् ।

सन् २०१५ मा ४४ वर्षे अमेरिकी नागरिक एना रोवेमाथि यस्तै भयो तर यो घटना केही समय अघिमात्रै सार्वजनिक गरिएको इन्डिया टुडेले जानकारी दिएको छ ।

एनालाई एक सन्तानका पिता तर सम्बन्धविच्छेद भइसकेका पुरुषले टिन्डरमा बलिउड नायक सेफ अली खानको फोटो राखेर धोका दिए । उनलाई एन्थोनीको नाममा राखिएको उक्त तस्बिर बलिउड नायक सेफ अली खानको भएको थाहा थिएन ।

एनाले ४५ वर्षे एन्थोनीलाई भेट्दा तस्बिरमा देखिएका व्यक्ति र वास्तविक व्यक्ति निकै भिन्न भएको थाहा पाइन् । तस्बिर नै गलत राखेकोमा उनलाई ती व्यक्तिले धोका दिएको महसुस भयो ।

एना उक्त घटनाको चार वर्ष पछि यस्ता मुद्दाविरुद्ध लड्ने वकिल बनेकी छिन् । उनी अमेरिकी पुलिससँगको सम्पर्कमा छिन् र डेटिङ एपमा अर्को व्यक्तिको फोटो हाल्ने विषयलाई अवैध ठान्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप