कस्तो थियो कादर खानसँग अन्तिम भेट, बताउँदै गर्दा क्वाक्वाँ रोए छोरा (भिडियो)
बलिउडमा आफ्नो शानदार डायलग डेलिभरीका लागि चर्चित दिग्गज अभिनेता कादर खानको निधन भइसकेको करिब एक महिना बितिसकेको छ । क्यानडामा कादर खानलाई अन्तिम विदाई दिँदै उनका छोरा सरफराज खान निकै भावुक थिए । उनले आफ्ना बुवा कादर खानसँगको अन्तिम भेटको पल साझा गरे ।
सरफराजले अन्तर्वार्ताको क्रममा आफ्ना पिताले जुन इज्जत र प्रेम छोडेर गए त्यसलाई बढाउन नसकेपछि आफूले कहिले पनि नघटाउने बताएका छन् । उनले भने, ‘मेरो पिता वास्तवमा निकै पैसा भएका व्यक्ति थिए तर वास्तवमा उनी एक गरिब झैं बस्थे । उनलाई संसारका विभिन्न कुराहरुको शौख थिएन । उनी जसको पनि मद्दत गर्न अघि सर्थे । उनी सबैलाई सँगै लिएर हिँड्थे । उनले सधैं मलाई भन्ने गर्थे कि ‘छोरा जीवनमा सधैं पूलको भूमिका निभाउनुपर्छ । सबैलाई सँगै लिएर हिँड्नुपर्छ ।’ अब उनी हामीबीच छैनन् तर उनको याद भने सधैं जीवित रहन्छ ।’
अन्तिम भेटबारे कुरा गर्दा सरफराज निकै भावुक भए । उनले भने, ‘मेरो बुवाको एउटा हात मात्र चल्थ्यो । उनले टाउकोमा हात राख्थे अनि चुम्थे ।’
#KaderKhan’s son #SarfarazKhan remembering his father. @AnupamPKher @SrBachchan @Varun_dvn @msteckchandani @coolfunnytshirt @iamrana @RichaChadha @alifazal9 @karanjohar @aapkadharam @anuragkashyap72 @IAmSudhirMishra @apurvnagpal @nirupamakotru @deepabuty @RJSIDDHARTH pic.twitter.com/qi3mZaUewF
— Bollywoodirect (@Bollywoodirect) January 5, 2019
जब उनलाई अन्तिम पटक दुबैबीच कस्तो कुराकानी भएको थियो भन्ने प्रश्न सोधियो तब उनले भने, ‘मैले बुवाको अगाडि सधैं झैं आफ्नो गाला अघि सारेँ । उनले मलाई चुम्ने कोसिस गरिरहेका थिए तर सकेनन् ।’ यति भनिसकेपछि उनी नमज्जाले रुन थाले ।
कादर खानको निधनको ८ दिनपछि छोरा सरफराजको आरोपमा गोबिन्दाले मुख खोले, दिए यस्तो जवाफ
कादर खानका छोरा सरफराजको गोबिन्दा, अमिताभमाथि कटाक्षः एउटा फोनसमेत गरेनन्
८१ वर्षका कादर खान भेन्टिलेटरमा, दिमागले काम गर्न बन्द गर्यो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण