मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कोरियोग्राफर सलमान खानमाथि लाग्यो यौन शोषणको आरोप

आइतबार, २० माघ २०७५, ०९ : ४७
आइतबार, २० माघ २०७५

बलिउडका चर्चित कोरियोग्राफर सलमान युसूफ खानविरुद्ध मुम्बईको ओशिविरा पुलिस स्टेशनमा जनवरी ३० मा यौन शोषणको मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गराउने महिला डान्सर हुन् । उनका अनुसार सलमान र उनका भाइले विभिन्न मौकामा उनलाई गलत तरिकाले व्यवहार गर्ने कोसिस गरे ।

एफआईआरका अनुसार पीडितलाई सलमानका म्यानेजरले सन् २०१८ अगस्टमा कामको सिलसिलामा लण्डनमा गएका बेला भेट्ने प्रस्ताव राखे । त्यसपछि उनी सलमानलाई एउटा कफी शपमा भेटिन् । त्यहाँ उनले पीडितलाई दुबईमा आफूसँग प्रस्तुती दिन अफर दिए ।

पीडितका अनुसार सलमानले त्यसदिन उनलाई घर छोडे र त्यसपछि उनलाई गलत तरिकाले छोए । पीडितले जब यसको विरोध गरिन् तब बलिउडमा यो सबै कुरा चल्ने बताए ।

उक्त घटनापछि उनलाई दुबईमा अगस्ट २० मा हुने डान्स कार्यक्रममा सरिक हुनका लागि म्यानेजरको फोन आयो । पीडितका अनुसार सलमानले उनलाई अगस्ट ३० मा हुने बलिउड रिजोर्ट बहराइनमा हुने अर्को एक कार्यक्रममा भाग दिन अफर दिए ।

यी दुई एयरपोर्ट पुगेपछि सलमानले उनलाई आफ्नो काकाको भाइसँग परिचय गराए । उनका अनुसार दुबईबाट फिर्ता हुने बेला बाटोमा सलमान र उनका भाइले उनलाई गलत तरिकाले छोए ।

घटनापछि सलमान र उनको समूहले पीडितलाई तनाव दिए र गम्भीर परिणाम भोग्नुपर्ने धम्की पनि दिएको उनले बताइन् । उनको कन्ट्र्याक्ट पनि जबर्जस्ती समाप्त गरिएको र उनको ट्रूपलाई मुम्बई फर्किने टिकट थमाइएको आरोप लगाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप