सलमानको ‘दबंग–३’ फेरि संकटमा, एएसआईले दियो यस्तो आदेश
बिहीबार, २८ चैत २०७५, ०९ : ४७
मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’ फेरि संकटमा परेको छ । भारतीय पूरातत्व सर्वेक्षण विभाग (ASI)ले सुटिङ नगर्न आदेश दिएपछि उनको फिल्म संकटमा परेको हो ।
फिल्म ‘दबंग–३’को लागि मध्येप्रदेशको मान्डुस्थित ऐतिहासिक जल महलमा बनाइएको सेट हटाउन एएसआईले सूचना जारी गरेको छ । एएसआईले सेट नहटाएमा फिल्म सुटिङ हुन नदिने धम्की दिएको छ ।
समाचारको अनुसार प्रोडक्शन हाउसलाई यस विषयमा पहिले नै जानकारी गराइएको भएपनि कुनै प्रतिक्रिया नदिएपछि यो प्रक्रिया चालिएको हो । जारी सूचनाको अनुसार उक्त महलमा सेट बनाएर प्राचीन स्मारक, पुरातत्व स्थल र अवशेष नियम १९५९ को उल्लंघन गरेको आरोप लागको छ । सेट बनाउँदा एउटा मूर्तिमा क्षति पुगेको छ ।
पहिले पनि भएको थियो विवाद
यसअघि पनि शिवलिंगमा प्लेट राखेर त्यसमाथि जथाभावी नाचेको कारण पहिले पनि फिल्म विवादमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान विधेयकमा अन्तर्राष्ट्रिय सहकार्यको दायरा स्पष्ट पार्न सुझाव
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण