सेक्सी वा बार गर्लका लागि बोलाइन्छः माही गिल
बलिउड फिल्ममा बिन्दास र बोल्ड अन्दाजमा देखिने अभिनेत्री माही गिलले आफू वास्तविक जीवनमा निकै लजालु भएको बताउने गर्छिन् । तर योसँगै आफू दबंग महिला पनि भएको बताउँछिन् ।
तर उनी फिल्ममा यस्ता भूमिका निभाएर थाकिसकेको बताउँछिन् ।
उनी भन्छिन्, ‘यदि कुनै सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ । यसका साथै यदि कुनै वेश्या वा रक्सी हातमा लिने महिलाको भूमिका छ भने माही गिल अर्थात् मलाई याद गरिन्छ ।’
उनलाई ‘साहेब, बीवी और ग्यांगस्टर’ जस्ता थुप्रै भूमिकाको अफर आउँछ तर आफू अब नयाँ गर्न चाहेको उनी बताउँछिन् ।
आवाज उठाउँदा पाइन् न्यायः
बीबीसी हिन्दीसँगको कुराकानीमा माही गिलले एक घटना याद गर्दै भनिन्, ‘हालै म र मेरो टीमाथि दुर्व्यवहार भयो । म र मेरो पूरा टीम अल्ट बालाजीको एउटा सिरिजको सुटिङ गरिरहेका थियौं । त्यतिबेला नै केही मानिसहरु आए र गुण्डागर्दी गर्न थाले ।’
‘म १० वर्षदेखि मुम्बईमा सुटिङ गरिरहेको थिएँ । यसअघि कहिले पनि यस्तो भएको थिएन तर मुम्बई नजिकैको बाहिरी क्षेत्रमा यस्तो भइरहने भएकाले सायद हामीमाथि पनि यस्तो भएको हुनसक्छ । उनीहरु आए र कुटपिट गर्न थाले ।’
उनले थपिन्, ‘यो घटनाको सिलसिलामा हामीले मुख्यमन्त्रीलाई पनि भेट्यौं र पुलिसले उनीहरुलाई चाँडै नै पक्राउ गर्न सफल भयो । यो सबै मेरो आँखा अगाडि भएकाले म अगाडि आएँ र समूहका लागि न्याय पनि मागेँ । त्यसकारण मलाई लाग्छ कि जसको अगाडि घटना भएको छ उनीहरु अगाडि आउनुपर्छ । मानिसहरु शान्त बस्नु हुँदैन । उनीहरुले आवाज उठाउनु नै पर्छ ।’
माहीले बलिउडमा काम गरेको १० वर्ष बढी भइसकेको छ तर पनि उनले आफूले चाहेको जस्तो मौका पाउन सकेकी छैनन् ।
माही भन्छिन्, ‘बलिउडमा धेरै मानिसहरु ठूलो घरानाका छन् तर सबैले राम्रो अभिनय गर्न सक्छन् भन्ने छैन । तपाईंले मेरो करियर ग्राफ हेरेर भन्न सक्नुहुन्छ कि मलाई टाइपकास्ट (एउटै भूमिका) गरिएको छ ।’
यसबारे उनी भन्छिन्, ‘एउटै रोल लिएर धेरै मानिसहरु आउँछन् । म पटकपटक एउटै भूमिका गर्न चाहन्नँ त्यसकारण कम काम गर्छु । एक अभिनेत्रीको रुपमा मैले केही भिन्न गर्नुपर्छ । म पनि चाहन्छु कि मेरो फिल्म पनि परिवारसँग बसेर हेर्न सकियोस् । त्यसकारण मैले ‘फ्यामिली अफ ठाकुरगंज’ फिल्ममा अभिनय गरेँ जसमा मेरो भूमिका दबंग महिलाको छ ।’
माहीका अनुसार निर्देशक अनुराग कश्यपकामे फिल्म ‘देव डी’ ले उनको जीवन परिवर्तन गरिदियो । उनी भन्छिन्, ‘सबैकुरा राम्रै चलिरहेको थियो । धेरै मानिसहरुले लगातार फोन गरेर थुप्रै फिल्मको अफर पनि दिए । तर अचानक म डिप्रेशनको शिकार भएँ ।’
‘जुन वर्ष मेरो सबैभन्दा राम्रो हुनुपर्दथ्यो त्यही वर्ष थाहा छैन ममाथि के भयो र म डिप्रेशनमा गएँ । त्यसपछि मैले तिगंमांशसु धुलियाको साहेब बीबीको भूमिका पाएँ । म उनीप्रति आभारी छु । म कहिले पनि बिर्सने छैन कि उनले ममाथि यति धैरै विश्वास गरे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण