तेस्रो पटक पिता बने अर्जुन रामपाल, प्रेमिका गेब्रिएलाले दिइन् छोरालाई जन्म
शुक्रबार, ०३ साउन २०७६, १२ : २८
बलिउड नायक अर्जुन रामपालले केही समयअघि आफ्नी प्रेमिका गेब्रिएला डेमेट्रिएड्स गर्भवती भएको घोषणा गरेका थिए । अब उनी तेस्रो पटक पिता बनेका छन् । उनकी प्रेमिकाले छोरालाई जन्म दिएकी छिन् । यसअघि अर्जुनले सन् १९९८ मा मोडल मेहर जेसियासँग विवाह गरेका थिए । यी दुई सन् २००८ देखि अलग बसिरहेका थिए । पूर्वपत्नी मेहर जेसियाको तर्फबाट उनका दुई छोरी मायरा र माहिका छन् ।
स्मरण रहोस्, अभिनेता रामपाल र गेब्रिएला लामो समयदेखि एक–अर्कालाई डेटिङ गरिरहेका थिए । मेहर जेसियासँगको सम्बन्धविच्छेदपछि उनी गेब्रिएलासँगको सम्बन्धमा ओपन भएका थिए ।
बलिउड निर्देशक जेपी दत्ताकी छोरी निधि दत्ताले अर्जुन रामपाल पिता बनेको खबर पुष्टि गरेकी छिन् । निधिले ट्वीटमा दुबैलाई बधाई दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण