फिल्म कबिर सिंहले रच्यो इतिहास, अब निर्देशक संदिपले गर्दैछन् नयाँ धमाका !
आजकाल भारतीय बक्स अफिसमा लगातार एक महिनादेखि शाहिद कपुर स्टारर ब्लकबस्टर फिल्म ‘कबिर संह’ को एकल राज छ । फिल्मको पूरा टिम आजकाल फिल्मको सफलतामा रमाइरहेका थिए । तर फिल्मका निर्देशक संदिप रेड्डी वांगा अब चाँडै नै अर्को फिल्मबाट हिन्दी सिनेमा जगतमा धमाका गर्ने तयारीमा छन् ।
सन् २०१७ मा रिलिज भएको तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ संदिपको पहिलो फिल्म थियो । यो फिल्म त सफल नै थियो तर जब संदिपले आफ्नै फिल्मको हिन्दी संस्करण निकाले तब यो अत्यधिक चर्चा भयो । अर्थात्, संदिपले अहिलेसम्म जम्मा दुई फिल्म निर्देशन गरेका छन् र दबै सुपर डुपर हिट रह्यो । यस्तै, अब संदिपले नयाँ फिल्मको तयारी गरिसकेका छन् ।
बलिउड लाइफ डटकमको एउटा रिपोर्ट अनुसार संदिपको आगामी फिल्म चिनी मिलमा आधारित हुनेछ । यो मुद्दा निकै सशक्त भएकाले यो फिल्म धमाकेदार एक्सनले भरपुर हुनेछ ।
कबिर सिंहले वर्षको हाइएस्ट ग्रोसरको दर्जा हासिल गरिसकेको छ । फिल्मले चाँडै नै तीन सय करोडको आँकडा पार गरिसकेको छ । फिल्ममा शाहिद कपुर र कियारा आडवाणीले मुख्य भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण