सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

जति म्याद थपे पनि बन्दैनन् सडक

बुधबार, १५ साउन २०७६, ०७ : ३२
बुधबार, १५ साउन २०७६

लगनखेलबाट सातदोबाटोसम्मको दूरी ०.८ किलोमिटर छ। अर्थात् एक किलोमिटर पनि छैन। त्यही टुक्रे खण्डको सडक विस्तार गर्न २०७३ जेठ २६ गते ठेक्का लगाइयो। म्याद दिइयो १६ महिना (३०७४ असोज २७ सम्म)। म्याद सकिँदा कामको मेलै सरेन। फेरि म्याद थपियो। सरकारकै आँकलनअनुसार ३ वर्ष २ महिनामा बल्ल त्यहाँ ५० प्रतिशत काम सकिएको छ।

सरकार ठेक्का लगाउँछ। ठेकेदार समयमा काम सक्दैनन्। सरकार म्याद थपिदिन्छ। ठेकेदार फेरि पनि काम सक्दैनन्। सरकार फेरि पनि म्याद थपिन्छ। तर निर्माण कार्य अझै अघि बढ्दैन।

यस्तै प्रवृत्तिले चार वर्षअघि काम सुरु भएका उपत्यकाका कुनै पनि सडकको काम पूरा भएको छैन। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चार वर्षअघि ९ वटा सडक खण्ड विस्तार थालेको थियो। अहिलेसम्म सडकमा प्रगति न्यून छ। निर्दोष घोरसाइन,  सुरेन्द्र काफ्ले र उपेन्द्र अर्यालले आजको अन्नपूर्ण पोस्ट्मा यो समाचार लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप