सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटि भंग

बिहीबार, १६ साउन २०७६, ०६ : ५२
बिहीबार, १६ साउन २०७६

चन्द  समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।

केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कामान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यालाई जिम्मेवारीबाट हटाएर खुला मोर्चामा पठाएको छ । यो समाचार कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप