छात्रवृत्ति नै दिँदैनन् निजी कलेज, त्रिविको अनुगमन फितलो
काठमाडौँ । त्रिभुवन विश्वविद्यलाय अनुगमन निर्देशनालयले प्रभावकारी अनुगमन नगर्दा सम्बन्ध प्राप्त निजी कलेजलहरुको मनोमानी बढ्दै गएको छ ।
पार्टीका नेताका बलमा त्रिविबाट सम्बन्ध लिएर सञ्चालन भइरहेका यस्ता कलेजहरुको अनुगमन, नियमन र दोषी पाइए कारावही गर्ने आँट प्रशासनले नगर्दा मनोमानी बढ्दै गएको हो ।
यस्ता कलेजहरुले भर्ना भएका विद्यार्थीमध्येबाट १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था लत्याएका छन् । उनीहरुले स्नातक र स्नातकोत्तर तहमा दिनुपर्ने कुनै पनि छात्रवृत्ति दिएका छैनन् ।
त्रिवि सम्बन्धनसम्बन्धी विनियम २०७३ को परिच्छेद ९ को बुँदा नम्बर २२ को छात्रवृत्ति तथा विद्यार्थी कल्याण कोषमा गरिएको व्यवस्था अनुसार सम्बन्ध प्राप्त प्रत्येक क्याम्पसमा छात्रावृत्ति तथा विद्यार्थी कल्याण कोष खडा गर्नुपर्छ ।
त्यही कोषबाट सम्बन्धन प्राप्त कलेजले प्रत्येक तह र कार्यक्रममा प्रत्येक वर्ष उत्कृष्ट नतिजा प्राप्त कम्तिमा एक छात्रा र एक छात्रलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ ।
यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
-
पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण