टाइगर श्रोफलाई सोधियो, के तपाईं भर्जिन हो ? नायकले दिए यस्तो जवाफ
सोमबार, २७ साउन २०७६, ११ : ४२
चकलेट बोयको इमेज बनाउने नायक टाइगर श्रोफ एक्सन हिरोको रुपमा पनि परिचित छन् । यसबाहेक उनी दिशा पाटनीसँगको सम्बन्धका कारण पनि चर्चामा छन् ।
हालै उनलाई सोसल मिडियामा यस्तो प्रश्न सोधिएको छ, जसको उनले चलाखीपूर्ण तरिकाले जवाफ दिएका छन् ।
वास्तवमा टाइगरले इन्स्टाग्राममा ‘आस्क मी एनिथिङ्ग’ सेशनमा प्रशंसकहरुसँग कुरा गरिरहेका थिए । यतिबेला थुप्रैले उनलाई रोचक एवं नीजि प्रश्न पनि सोधे ।
एक प्रयोगकर्ताले उनलाई भर्जिन छ कि छैन भनेरसमेत सोधे । यसको जवाफमा उत्तर आयो, ‘अरे, लाज नभएकाहरु ! मेरो आमा–बुवाले पनि मलाई फलो गर्नुभएको छ ।’
यस्तै, जब दिशा पाटनीसँग उनको सम्बन्धबारे सोधियो, तब उनले भने, ‘मेरो औकात छैन भाइ ।’
कामको कुरा गर्ने हो भने टाइगर चाँडै नै फिल्म ‘बागी थ्री’ मा देखिनेछन् । फिल्ममा उनीसँग एकपटक पुनः श्रद्धा कपुर देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण