देशविकासका लागि एकजुट हुनुपर्नेमा नेता नेपालको जोड
शनिबार, ३२ साउन २०७६, १३ : २९
२
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले देश विकासको लागि नागरिक, संघ—संस्था र सरकार एकसाथ जुट्नु पर्ने बताए ।
सानो—ठुलो जस्तोसुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए ।
कहिलेकाहिँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूलाठूला काम बन्न सक्ने विस्वास व्यक्त गरे ।
नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण