विवाहस्थलमा बम बिस्फोट, दर्जनौं मारिएको आशंका
अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयका अनुसार यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार एक आत्मघाती हमलाकर्ताले खचाखच भरिएको रिसेप्सन हलमा आफूलाई बिस्फोटक पदार्थले उडाए ।
यो हमाल शहरको शिया बहुल इलाकामा भएको हो ।
प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा आफूहरुले घटनास्थलमा थुप्रैको शव देखेको बताएका छन् ।
सोसल मिडियामा सार्वजनिक गरिएका विभिन्न तस्बिरमा घटनास्थलबाहिर महिला विलाप गरिरहेको देख्न सकिन्छ ।
अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।
आत्मघाती हमलाः
हालैका दिनमा अफगानिस्तानमा थुप्रै ठूला आत्मघाती हमला भएका छन् ।
यो महिना काबुलको बाहिरी इलाकामा एक पुलिस चौकीलाई निशाना बनाएर गरिएको ट्रक बम हमलामा १४ जना मारिएका थिए । यसमा १५० बढी मानिस घाइते भएका थिए ।
उक्त हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।
एकातर्फ जहाँ तालिबान र अमेरिकाबीच अफगानिस्तानमा युद्ध समाप्त गर्ने विषयमा वार्ता भइरहेको छ भने अर्कोतर्फ यस्ता ठूला हमला भइरहेको छ ।
रिपोर्टका अनुसार अमेरिका र तालिबान चाँडै नै शान्ति सम्झौताको घोषणा पनि गर्नसक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण