के गर्भवती छिन् दीपिका पादुकोण ? अर्जुन कपुरको ठूलो बयान
बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना श्रीमान् रणवीर सिंहलाई ड्याडी भनेर फसेकी छिन् । उनले यसो भनेपछि अब उनका प्रशंसक उनी साँच्चै नै गर्भवती भएकी हुन् त भनेर जान्ने कोसिस गरिरहेका छन् ।
भएको के थियो भने रणवीर सिंह इन्स्टाग्राममा लाइभे थिए । यसमा दीपिका पादुकोणले कमेन्ट गरिन्, ‘हाई ड्याडी’ । यो कमेन्टसँगै उनले एउटा बच्चा र मायाको इमोजी पनि कमेन्ट बक्समा पोष्ट गरिन् ।
त्यसपछि धेरैजसो प्रशंसकले दीपिका पादुकोण गर्भवती छिन् कि भनेर अनुमान गरे । यद्यपि, रणवीर सिंहले ड्यामेज कन्ट्रोल गर्दै लेखे, ‘हाय बेबी’ । तर रणवीर कपुरका नजिकका साथी अर्जुन कपुरको कमेन्टपछि यो कुराले थप बल पाएको छ ।
यो पोष्टमा अर्जुनले लेखे, ‘बाबा, भाउजुले तपाईंलाई एउटा दिने भएकी छिन् ।’ यही कमेन्टलाई आधार बनाएर दीपिका पादुकोण गर्भवती भएको हो कि भन्ने चर्चा पुनः सुरु भएको छ ।
स्मरण रहोस्, यो वर्ष जब दीपिका पादुकोण कान्समा उपस्थित थिइन् त्यतिबेला पनि उनी गर्भवती भएको अफवाह फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण