मेलम्चीको सम्बन्धमा खानेपानी मन्त्रालयद्वारा विज्ञ सल्लाहकार समूह गठन
काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ ।
खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरेको हो ।
पाँच सदस्यीय विज्ञ समूहमा पूर्व सचिवहरु बीरेन्द्र बहादुर देउजा, हरेराम कोइराला, सुमन प्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहनु भएको प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।
प्रवक्ता शाक्यका अनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरुलाई समाधान गर्न र आयोजनालाई द्रुतगतिमा अगाडि बढाउन विज्ञ समूहले आवश्यक सल्लाह सुझाव र परामर्श दिनेछ ।
मेलम्चीको साथसाथै विज्ञ समूहले अन्य खानेपानी आयोजनाको क्षेत्रमा समेत आवश्यक सल्लाह र परामर्श दिन सक्ने प्रवक्ता शाक्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण