उपसभामुख र उपाध्यक्षद्वारा प्रदेश उपसभामुखसँग भिडियो संवाद
काठमाडौं-प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले आज सातवटै प्रदेशसभाका उपसभामुखसँग आज भिडियो संवाद गरेकी छिन् ।
उनीहरुबीच अनुभव आदानप्रदान र समन्वय गर्ने उद्देश्यले भिडियो संवाद गरिएको उपसभामुख डा तुम्बाहाङ्फेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । भिडियो संवादमा उनीहरुले आफ्ना अनुभव साटासाट गर्नुका साथै संसद्लाई प्रभावकारी बनाउन उपसभामुखले खेल्नुपर्ने भूमिका र दायित्वबारे पनि छलफल गरेका छन् ।
प्रतिनिधिसभाका उपसभामुख डा तुम्बाहाङ्फे, राष्ट्रियसभाका उपाध्यक्ष दाहालले सिंहदरबारस्थित आआफ्नै कार्यकक्षबाट र सातवटै प्रदेशका उपसभामुख आ–आफ्नो प्रदेशका कार्यालयस्थित कार्यालयबाट संवाद गरेका थिए ।
प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेल विराटनगरबाट, प्रदेश नं २ का उपसभामुख उपमा देव जनकपुरबाट, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ हेटौँडाबाट, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा पोखराबाट, प्रदेश नं ५ का उपसभामुख कृष्णी थारु बुटवलबाट, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट सुर्खेतबाट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी धनगढीबाट प्रतिनिधिसभाका उपसभामुख डा तुम्बाहाङ्फे, राष्ट्रियसभाका उपाध्यक्ष दाहालसँग भिडियो संवाद गरेका थिए ।
यसअघि उपसभामुख र उपाध्यक्षले प्रदेश उपसभामुखसँग सहकार्य र समन्वय गर्नका लागि अन्तक्र्रिया र अन्तरप्रदेशसभा जस्ता कार्यक्रम राखिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण