करेन्ट लागेर एकको मृत्यु
बिहीबार, ०५ भदौ २०७६, ०९ : ५७
झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरीले जनाएको छ ।
विद्युत्को तार जडान गर्ने क्रममा बुधवार घरमा नै करेन्ट लागेर गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी कचनकवल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ६० वर्षीय रामलाल मुर्मू मृत अवस्थामा फेला परेका छन् । मादक पदार्थ सेवन गरी बाटोमा सुतेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय