बाढी तथा बाँधको समस्या समाधान गर्न जयशंकरलाई राजपा नेपालको सुझाव
काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले बाढी र बाँधले हुने समस्याको स्थायी समाधान निकाल्न भारतीय विदेशमन्त्री एस. जयशंकरलाई आग्रह गरेका छन् ।
विदेशमन्त्री जयशंकरसँग बुधवार राती होटल द्वारिका भेटघाट गर्दै राजपा नेपाल अध्यक्ष मण्डलका नेताहरुले भारतीय सीमामा बाँधिएको बाँधले प्रत्येक वर्ष दुवैतर्फ ठूलो क्षति हुने गरेको भन्दै यसको समाधान चाँडै निकाल्नुपर्ने सुझाव दिएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताए ।
दुवै देशले कुनै दीर्घकालीन योजना नबनाएसम्म यसको समाधान ननिस्किने नेताहरुको भनाइ थियो । त्यसको जवाफमा भारतीय विदेश मन्त्री जयशंकरले बाढीले नेपाल–भारतको सीमावर्ती क्षेत्रमा ठूलो असर गरेको कुराबाट आफू जानकार रहेको बताएका थिए ।
भारत सरकारले यसबारेमा नेपाल सरकारसँग मिलेर केही योजना बनाउन लागेको उनले बताएका बताए । त्यस्तै, हुलाकी सडक, तराई मधेशको समस्या लगायतको विषयमा पनि कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण