प्रचण्डले किन भेटेनन् एस जयशंकरलाई ?
काठमाडौँ– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल बसाइका क्रममा धेरैजसो नेताहरुसँग भेटवार्ता गरे ।
प्रधानमन्त्री, राष्ट्रपति र विभिन्न दलका नेताहरुलाई भेटेका एस जयशंकरको नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भने भेटवार्ता हुन सकेन ।
होटेल द्वारिकाजमा बसेका एस जयशंकरले प्रचण्डलाई बिहीबार बिहान भेटका लागि निम्तो पठाएका थिए । तर प्रचण्डले भने आफ्नो व्यस्तता देखाएर जयशंकरसँगको भेटवार्तालाई अस्वीकार गरेका थिए ।
तर, बिहीबारै पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटटराई र उपेन्द्र यादवले भने द्वावारिकाज होटलमै गएर जयशंकरलाई भेटेका थिए । जयशंकरसँग काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार होटलमै गएर भेटवार्ता गरेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा, भट्टराई र पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादव कुटनीतिक मर्यादाविपरित जयशंकरलाई भेट्न पुगेका थिए ।
तर, पूर्व प्रधानमन्त्री समेत रहिसकेका अध्यक्ष प्रचण्डले भने कुटनीतिक मर्यादाको ख्याल गर्दै जयशंकरलाई भेट्न नगएको बुझिएको छ । यसअघि २०७२ सालमा पनि प्रचण्डले जयशंकरलाई भेट्न अस्वीकार गरेका थिए । त्यतिबेला जयशंकर भारतका विदेश सचिवका रूपमा नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण