शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इङ्ल्यान्ड ६७ रनमा समेटियो

शुक्रबार, ०६ भदौ २०७६, २० : २९
शुक्रबार, ०६ भदौ २०७६

एजेन्सी- एसेज सिरिज अन्तर्गत तेस्रो टेष्टको पहिलो इनिङमा घरेलु टोली इङ्ल्यान्ड जम्मा ६७ रनमा समेटिएको छ ।  लिड्समा अष्ट्रेलियालाई एक सय ७९ रनमा समेटेर पहिलो इनिङ थालेको इङ्ल्यान्ड २७.५ ओभरमा अलआउट भएको हो ।  शुक्रबार खराब प्रदर्शन गरेको इङ्ल्यान्ड पहिलो इनिङमा अष्ट्रेलियासँग एक १२ रनले पछि परेको छ ।

पहिलो इनिङमा इङ्ल्यान्डका जोई डेन्लीले सर्वाधिक १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । इङ्ल्यान्डलाई सस्तोमा समेट्न अष्ट्रेलियाका जोश हजालउडले ३० रन खर्चेर पाँच विकेट लिए  । पाट कुमिन्स र जेम्स पाटिनसनले तीन तीन विकेट लिए । यससँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलिया १–० ले अगाडी बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप