मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ
काठमाडौँ-राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ ।
आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँका मानवअधिकारको अवस्था अध्ययन तथा अनुभव आदान–प्रदानका लागि शुक्रबार गएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए ।
उनका अनुसार टोलीले दक्षिण अफ्रिकाको मानवअधिकार आयोगबाट मानवअधिकार संरक्षण र संवद्र्धनको क्षेत्रमा हुँदै आएका विभिन्न कार्य, उजुरी ग्रहण, अध्ययन अनुसन्धान प्रक्रिया सम्बन्धमा छलफल तथा जानकारी लिनेछ । सोही अवसरमा त्यहाँ रहँदा टोलीले सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन, कार्य प्रक्रिया, सिफारिश तथा कार्यान्वयन सम्बन्धमा तत्कालीन पदाधिकारी, नागरिक समाजलगायत अन्यसँग भेटघाट छलफल तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण