डर्टमन्डको दोस्रो जित, कोलनलाई ३–१ गोलले पराजित
बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा डर्टमन्डले नवप्रवेशी टोली एफसी कोलनलाई ३–१ गोलले हरायो । डर्टमन्डले यसअघि लिगको पहिलो खेलमा अग्सवर्गलाई ५–१ गोलले पराजित गरेको थियो ।
कोलनको घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै सहज जित निकालेको थियो । डर्टमन्डको जितमा जाडोन सान्चो, आचरफ हाकिमी र पाको अल्कासरले गोल गरे । कोलनका डोमिनिक ड्रेक्सलरले गोल गरे ।
नवौं मिनेटमा डोमिनिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । डोमिनिकले इलियसको पासमा गोल गरेका थिए । सुरुवातमा पछि परेको डर्टमन्डले ७०औं मिनेटमा मात्र बराबरी गोल फर्काउन सकेको थियो । जाडोन सान्चोले बराबरी गोल गरेका थिए । सान्चोले थोर्गान हजार्डको पासमा गोल गरेका थिए ।
८६औं मिनेटमा आचरफ हाकिमीले गोलगर्दै डर्टमन्डलाई अगाडी बढाए । त्यसपछि दोस्रो हाफमो इन्जुरी समयमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डको जित सहज बनाएका थिए । अल्कासेरले सान्चोको पासमा गोल गरेका थिए । जितसँगै ६ अंक बनाएको डर्टमन्ड तालिकाको शीर्ष स्थानमा छ । कोलनले खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण