पहिरोमा श्रीमती र दुई छोरा गुमाएकालाई प्रदेश सरकारको छ लाख राहत
खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ ।
गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजन गुमाउनुभएका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप रु छ लाख प्रदान गरेको हो ।
राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले आज खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुमारलाई हस्तान्तरण गर्नुभएको जनाइएको छ ।
प्रदेश सरकारले प्रति मृतकलाई रु दुई लाख राहत उपलब्ध गराउने निर्णय अनुसार विष्णुकुमारलाई तीन जनाको रु छ लाख प्रदान गरिएको हो ।
पहिरो पीडित राईलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले भदौ ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई राहत रकम बापतको चेक पठाएको थियो ।
घर तथा आफन्त गुमाएर एक्लिएका विष्णुकुमारलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत रकम उपलब्ध गराएको हो ।
विष्णुकुमारको सहज जीवनयापनका लागि भन्दै महेन्द्रनगर सुनसरी सेवा समाज कतारले पनि केही समयअघि रु ४० हजार प्रदान गरेको थियो । श्रीमती र दुई छोरासँगै पहिरोमा पुरिनुभएका विष्णुकुमारलाई आफन्तले उद्धार गरेर बचाएका थिए ।
पहिरोमा पहिरोका कारण सर्वस्व गुमाउनुभएका विष्णकुमारलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो ।
पहिरो पीडितलाई प्रदेश सरकारको राहत हस्तान्तरण गरेपछि वर्षा र पहिरोका कारण अवरुद्ध सडक तथा खानेपानी सञ्चालनका विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण