लेखकको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
शनिबार, ०७ भदौ २०७६, १९ : ५६
काठमाडौं – नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकका बुबा प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शानिबार शोक विज्ञप्ति जारी गरी लेखकको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘लेखकको निधनले मलाई स्तब्ध, दुःखी र मर्माहत बनाएको छ, लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले लेखकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त केन्द्रीय सदस्य रमेश लेखकसहित परिवारजनप्रति समवेदना प्रकट गरेको छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका–८ निवासी लेकखको शुक्रबार राति उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८७ वर्षको उमेरमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण