अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता
काठमाडौं – आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले ७० प्रतिशतसम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने भएका छन् । सोही अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’