रवि लामिछानेका समर्थकले आन्दोलन चर्काएपछि चितवन जिल्ला प्रशासनद्वारा कडा आदेश जारी
काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका १० वरिपरिका केही क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरेको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दैै भएको प्रदर्शन र त्यसबाट हुने अशान्तिलाई मध्यनजर गर्दै भरतपुर महानगरका केही स्थानमा भदौ ९ गते बिहानदेखि अर्को आदेश जारी नहुन्जेलका लागि सो आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनको नाममा आज जारी विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३क) बमोजिम महानगर १० को पूर्व, पश्चिम, उत्तर र दक्षिणका केही क्षेत्रमा सो आदेश जारी गरिएको छ । जसअन्तर्गत पूर्वको बाइपास सडकतर्फको आन्तारिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयसम्म, पश्चिमको पूर्व पश्चिम लोकमार्गको गण्डकी अस्पतालदेखि चौबिसकोठीसम्म सो आदेश जारी गरिएको छ ।
त्यस्तै उत्तरतर्फको बाइपास सडकतर्फको आन्तारिक राजश्व कार्यलयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक,नारायाणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम राजमार्गको चौबिसकोठीसम्म सो आदेश जारी गरिएको छ भने दक्षिणमा बाइपास सडकको घरेलु कार्यालयको चोकदेखि दुरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म सो आदेश जारी गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका लामिछाने अहिले प्रहरी हिरासतमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण