डेंगी लामखुट्टे नष्ट गर्न काठमाडौँ महानगर घरघर पुग्ने
सोमबार, ०९ भदौ २०७६, ०७ : ०७
काठमाडौँ महानगरपालिका तथा उपत्यकाभित्र फैलिरहेको डेंगी नियन्त्रण गर्न काठमाडौँ महानगर घरघरमा पुग्ने भएको छ ।
महानगरले प्रभावित टोलका घरघरमा पुगेर डेंगी सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन घरदैलो अभियान चलाउने जनाएको छ ।
महानगर स्वास्थ्य विभागले डेंगी संक्रमण भइसकेपछि खास औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्न र डेंगी लामखुट्टेको वृद्धि रोक्ने अभियान चलाउन लागेको हो ।
अभियान पहिलो चरणमा सोमबारदेखि काठमाडौँ महानगरपालिकाको शोभाभगवती क्षेत्रमा डेंगी फैलाउने एडिस एजिप्टाइ लामखुट्टेको लार्भा नष्ट गर्ने तरिका सिकाउने र टोली आफैंले लामखुट्टको लार्भा खोजी गरेर नष्ट गर्ने जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण